सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६ रेक्टरको भूकम्प

डिसी नेपाल
३१ भदौ २०७७ ६:३८

काठमाडाैं। सिन्धुपाल्चोकको रामचे आसपास केन्द्रविन्दु भएर ६ रेक्टर स्केलको परकम्प गएको छ।

आज बिहान ५ बजेर १९ मिनेट जाँदा ६ रेक्टरको परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। यो नयाँ भूकम्प नभई गोरखा भूकम्प (७.६ रेक्टर स्केल) को परकम्प भएको केन्द्रका भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिए।

बिहान सबेरै गएको परकम्पले राजधानी काठमाडौँ आसपासको भेगमा ठूलो धक्का दिएको छ। उपत्यकासहित आसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो।

भक्तपुरको लोकन्थली, बाल्कोट, ठिमीलगायत क्षेत्रमामा ठूलो सङ्ख्यामा मानिस आत्तिएर कराउँदै घर बाहिर निस्किएका थिए। विसं २०७२ को गोरखा भूकम्पपछि हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका ५५० भन्दा बढी परकम्प गएको केन्द्रले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *