प्रधानसेनापतिले किन सुनाए जर्नेलहरुलाई ल्याटिन अमेरिकी पुलको कथा ?

डिसी नेपाल
३१ भदौ २०७७ १०:३८

काठमाडौं। नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्ना सैनक जर्नेलहरुलाई भेला गरी एउटा कथा सुनाए ल्याटिन अमेरिकी मुलुक होन्डुरसको एउटा पुलको।

धेरैलाई यो कथा किन सुनाइयो भन्ने लागिरह्यो किनकि सो कार्यक्रममा प्रत्यक्ष सहभागी सैनिक जर्नेलहरु सहायक रथीदेखि माथिको तहका मात्र थिए तर सेनाको आन्तरिक प्रसारणमार्फत कार्यक्रमका स्रोता तथा दर्शक अरु तहका अधिकृतहरु पनि थिए।

कथा यस्तो थियो
सन् १९३७ मा ल्याटिन अमेरीकी राष्ट्र होन्डुरसको चोलुटेका सहरमा पानामेरिका रोडअन्तर्गत चोलुटेका नदीमा यो पुल निर्माण सम्पन्न भयो। यो पुल सबैभन्दा जीर्ण भएपछि सन् १९९८ मा विकल्पका रुपमा नयाँ चोलुटेका पुल निर्माण गरियो। जापानले निर्माण गरेको कारणले यस पुललाई ब्रिज अफ राइजिङ सन नामाकरण गरियो।

कुनै पनि प्राकृत्तिक विपत्तिले पनि हानी नपुर्याउने गरी यो पुलको निर्माण गरिएको थियो किनकि होन्डुरस समुद्री आँधी अत्याधिक आउने देशमध्ये पर्दछ। त्यसैले जस्तोसुकै विपत्ति आएपनि धान्ने निर्माण हुनु जरुरी थियो र गरियो त्यस्तै। पुल बन्यो अति बलियो।

प्रधानसेनापतिमा नियुक्त भएपछि थापाले संगठनभित्रका भ्रष्टाचार, अनियमिततामाथि निर्मम प्रहार गरेका छन्। थुप्रै पावरफुल जर्नेलहरु जेल परेका, मुद्धा खेपेका र क्षतिपूर्ति तिर्न वाध्य भएका छन्। धेरैलाई छानविन गरी प्रमाणित भएअनुसार अनुशासनको कारवाही गरी बर्खास्त पनि गरेका छन्।

नयाँ पुल बनेकै वर्ष त्यो देशमा क्याटागोरी ५ को मिच नामाकारण गरिएको समुद्री आँधी आयो र पुरानो पुल क्षतविक्षत बनाइदियो कामै नलाग्ने गरी। देशका अरु संरचनाहरु पनि नष्ट भए। तर, नयाँ बनेको चोलुटेको पुल जस्ताको तस्तै रह्यो केही भएन।  पुल त जस्ताको तस्तै रह्यो तर पुलसम्म आउने जाने बाटो कुनै बाँकी रहेन, सबै ध्वस्त भयो, चोलुटे नदीको धार फेरियो र करिब एकसय मिटर टाढाबाट धार लिएर बग्न थाल्यो।

अव यो दह्रो बनेको सो चारसय चौरासी मिटर लामो पुल नदीभन्दा वाहिर पर्यो, नदी किनारामा, सुख्खा जमीनमाथि। कुनै समय देशकै वेष्ट स्टेट अफ आर्ट व्रिजका रुपमा निर्मित भएको सो पुल प्रयोग विहीन छ, बेकार छ। अहिले यसलाई ब्रिज अफ नोह्वेयर भनेर चिनिन्छ।

यति कथा सुनाइसकेपछि सेनापतिले जर्नेलहरुलाई यो कथालाई संगठनको निर्माणको प्रसंगसँग जोडेका थिए। सेनापति थापाले नेपाली सेना दह्रो भएपनि ब्रिज अफ नो ह्वेयर (काम नलाग्ने पुल) भएर बस्न नसक्ने बताएर संगठनभित्रका खरावी, कमी कमजोरीमाथि प्रहार गरेर चुस्त, दुरुस्त, समायानुकुल बनाई नेपाल र नेपालीका लागि सधैंभरि काम लाग्ने संस्थाको रुपमा विकास गर्नुपर्ने कुरामा जोड दिएका थिए।

भदौ २४ गते आफ्नो ३ बर्षे कार्यकालमध्ये दुई वर्ष पूरा भएको उपलक्ष्यमा जंगी अड्डा भद्रकालीमा आयोजित एक विशेष समारोहमा सहभागी एक जर्नेलका अनुसार, संगठन दह्रो बन्नुपर्छ तर दह्रोमात्रै भएर पनि हुँदैन परिस्थिति अनुकुलउपयोगी पनि हुनुपर्छ भन्ने सन्देश दिएका थिए।

‘परिस्थिति बमोजिम सुदृढ गर्न सकिएन, वा पूरानै धारमा बग्दा त्यसको परिणाम के हुन्छ?’ भन्दै उनले भनेका थिए, ‘पद्धति र प्रणालीहरु कुनै निश्चित नतिजा हासिल गर्नका लागि निर्माण गरिन्छन्।

भविष्यका कुनै पनि आँधी–बेहेरीको पूर्वानुमान गर्न नसकिने वर्तमान अस्थिर, अनिश्चित, अस्पष्ट र तरल सुरक्षा वातावरणमा पूरातनवादी सोच, यथास्थितिमा रमाउने प्रवृति र प्रणालीमा लचकताको अभावजस्ता विषय अव पुरानो भइसकोले नेपाली सेनाले अर्को धार समातेको हो।’ उनले त्यो धारले २१ औं शताब्दीमा आफ्नो दायित्व विश्वसनीय ढङ्गले निर्वाह गर्न नेपाली सेनालाई सक्षम बनाउने दावी गरे।

कस्तो हो सेनाको त्यो धार ?
प्रधान सेनापति थापाले त्यो धार भनेको त्यस्तो पद्धति र प्रणाली हो जसले सेनाका सबै दर्जामा जुनसुकै परिस्थितिसँग पनि अभ्यस्त हुनसक्ने क्षमता, विवेक, आलोचनात्मक सोचाइ, लचकता तथा जिम्मेवारी वहन गर्ने वातावरणको मूल्याङ्कन गर्ने दृष्टिकोण र तद्अनुरुप भविष्यतर्फ अगाडि बढ्न दिशानिर्देश गर्दछ।

प्रधानसेनापतिमा नियुक्त भएपछि थापाले संगठनभित्रका भ्रष्टाचार, अनियमिततामाथि निर्मम प्रहार गरेका छन्। थुप्रै पावरफुल जर्नेलहरु जेल परेका, मुद्धा खेपेका र क्षतिपूर्ति तिर्न वाध्य भएका छन्। धेरैलाई छानविन गरी प्रमाणित भएअनुसार अनुशासनको कारवाही गरी बर्खास्त पनि गरेका छन्।

जर्नेलहरु माझ उनले सुदृढ संगठन र दिगोपन आफ्नै कार्यकालभित्र स्थापित गरेर नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्ने दृढता पनि व्यक्त गरेका थिए।
सबैथोक भत्किँदा पनि सैनिक संगठन भत्किंदैन भन्दै चोलुटेको पुल नभत्किएको सँग संगठनको मजबुती दाँजेका उनले नदीको धार बदलिएजस्तो परिस्थिति बदलिए पनि बलियो पद्धति र प्रणाली तथा त्यसबाट सिर्जना हुने वातावरणले विस्तारै सङ्गठनको धारलाई निर्देशित गरिनुपर्दछ भन्ने धारणा राखेका थिए। उनले सेनालाई प्रणाली प्रधान संगठनको रुपमा स्थायीरुपमै गएको बताए।

उनले सुदृढीकरण र दिगोपनको मिसनको नेतृत्व आफूले गर्ने बताउँदै सहभागी जर्नेलहरुलाई सबैले आआफ्नो जिम्मेवारी जवाफदेही ढंगले पूरा गर्न निर्देशनसमेत दिएका थिए। आफू सेवा निवृत्त भएर गए पनि संगठनका लागि बनेको दह्रो पुल संगठनमा कार्यरत सबैका लागि हुने धारणा राख्दै उनले आफ्नो नेतृत्वमा चलाइएको सुधार नेपाली सेनाको दिगोपनका लागि भएको बताएका थिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *