आजदेखि मुलुकभर सार्वजनिक यातायात सञ्चालनमा
काठमाडौं। करिव ६ महिना अघि बन्द भएका लामो दुरीका सवारी साधान आज (बिहीबार) देखि संचालनमा आउँदैछन्। सरकारले गत चैत ११ गते लकडाउन घोषणा गरेपछि लामो दुरीका सवारी साधान बन्द भएका थिए।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले लामो दुरका सार्वजनिक यातायता संचालन गर्ने निर्णय गरेपछि आजदेखि लामो दुरी र अन्तरजिल्ला संचालन हुने सावारी साधन संचालनमा आउन लागेका हुन्।
सरकारले सुरक्षा मापदण्ड अपनाएर लामो दुरी र अन्तरजिल्लामा सवारी साधान संचालन गर्न दिने निर्णय गरेको थियो भने भाडादर ५० प्रतिशत वृद्धि गरेको थियो। सरकारले सार्वजनिक यातायात संचालन गर्न अनुमति दिएसँगै नेपाल यातायात व्यवसायी महासंघ र तीनवटा मजदुर टेड युनियनले संयुक्त रुपमा छलफल गरेर लामो, छोटो दुरीका सबै गाडी सञ्चालन गर्ने जानकारी दिएका हुन्।
गाडीको सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्ने र चालक, सहचालकले मास्क, सेनिटाइजर अनिवार्य प्रयोग गनुपर्ने मापदण्ड बनाइएको छ। यात्रुले पनि यात्रा अवधिभर मास्क लगाएर यात्रा गर्नु पर्ने छ। गाडी चढ्नुअघि यात्रुलाई सेनिटाइजर व्यवस्था गर्नुपर्ने छ। सवारी साधनहरू स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर चलाउनुपर्नेछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment