कोरोना सङ्क्रमित पुरुषको मृत्यु

डिसी नेपाल
१ असोज २०७७ १६:१२

पाल्पा । यहाँ कोरोना सङ्क्रमित एक पुरुषको आज मृत्यु भएको छ। भुसालडाँडामा स्थापित आइसोलेशनमा रहेका तानसेन नगरपालिका –७ का ५२ वर्षीय पुरुषको बिहान मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए।

अत्यधिक मदिरा सेवनले कलेजोमा समस्या देखिएपछि युनाइटेड मिसन अस्पतालमा भर्ना गरिएका ती बिरामीलाई कोरोना देखिएको थियो। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा गत भदौ २९ गते कोरोना सङ्क्रमणको पुष्टि भएपछि उनलाई आइसोलेशनमा राखेर उपचार गरिएको थियो। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *