कतार, कुवेत र साउदीको रियादमा पनि नियमित उडान हुने (नयाँ अन्तर्राष्ट्रिय उडान तालिकासहित)

डिसी नेपाल
६ असोज २०७७ १५:४०

काठमाडौं । आगामी १ अक्टोबर (असोज १५ गते) देखि कतार, कुवेत र साउदीको रियादबाट पनि नियमित उडान हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले १ अक्टोबरबाट दोहा, कुवेत र रियादमा पनि नियमित उडान हुने जानकारी दिए।

नियमित उडान नहुँदा यसअघि यी मुलुकहरुबाट चार्टर्ड उडान मात्र हुँदै आएका थिए । सरकारले पीसीआर परीक्षण सहज नभएको भन्दै ती देशहरुका लागि अनुमति दिएको थिएन।

त्यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरणले १ अक्टोबरदेखि २४ तारिखसम्मका लागि अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक गरेको छ। नयाँ तालिकाअनुसार नियमति उडानका लागि कतारको दोहाबाट नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले अनुमति पाएका छन्। त्यस्तै साउदी अरबको राजधानी रियादका लागि हिमालय एयरलाइन्सले नियमित उडान भर्न अनुमति पाएको छ । कुवेतका लागि भने विदेशी कम्पनी जजीरा एयरलाई काठमाडौं नियमित उडान गर्न अनुमति दिइएको छ।

नयाँ उडान तालिका अनुसार अब दैनिक रुपमा १५ वटासम्म जहाजले उडान भर्नेछन्। तालिकाअनुसार २५ दिनका लागि हप्तामा कूल औसत १०९ वटा उडान हुने गरी उडान तालिका तय भएको छ ।

लकडाउनपछि विदेशबाट अहिलेसम्म ७१ हजारभन्दा बढी नेपालीहरु स्वदेश फर्किएका छन्। कोरोना महामारीका कारण रोजगारी गुमाएका हजारौँ नेपाली अझै विदेशमा अलपत्र अवस्थामा छन्। जसले स्वदेश फर्काइदिन माग गर्दै दूतावासहरुमा आवेदन दिएका छन्।

दूतावासले माग गरे अनुसार नेपाल सरकारले जहाज उडाएमा मात्रै श्रमिकहरुको उद्धार गर्न सम्भव रहेकाे राजदूतहरुले बताउँदै आएका छन् । उडान संख्या कम भएपछि विदेशमा रहेका ट्राभल एजेन्सीमा टिकट खरिद गर्न भिडभाड बढ्न थालेको छ । जहाज अप्रायप्त भएपछि त्यसैको मौका छोपेर अहिले टिकटमा कालोबजारी गर्नेहरुको पनि बिगबिगी बढेको छ ।

नयाँ अन्तर्राष्ट्रिय उडान तालिका




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *