उपप्रम पोखरेलबाट प्रभावकारी रणनीति प्रस्ताव तयार गर्न केन्द्रलाई निर्देशन

डिसी नेपाल
७ असोज २०७७ २२:०८

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेललें कोभिड–१९ संङ्कट व्यवस्थापन सञ्चालन केन्द्र(सिसिएमसी)लाई सङ्क्रमण रोकथाम प्रतिकार्यका लागि प्रभावकारी रणनीति प्रस्ताव तयार गर्न निर्देशन दिएका छन् । कोभिड–१९ महामारी नियन्त्रण प्रतिकार्यमा हालसम्म गरिएका कार्यको समीक्षा, भविष्यको प्रक्षेपण र लिनुपर्ने रणनीतिबारे केन्द्रले तयार गरेको वर्तमान वस्तुस्थितिको विश्लेषणसहितको प्रस्तुतीकरण सुनेपछि उनले उक्त निर्देशन दिएका हुन् ।

छाउनीस्थित उक्त केन्द्रमा आज भएको बैठकमा सेवा प्रदायक संस्थाका प्रतिनिधिसँग पनि छलफल गरी रायसुझाव लिइएको जानकारी प्राप्त भएको छ । बैठकमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाल र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय एवं केन्द्रका पदाधिकारी सहभागी थिए ।

यसैबीच मुलुकमा कोभिड–१९का सक्रिय बिरामीको सङ्ख्या २५ हजार नाघेका खण्डमा पुन बन्दाबन्दी गर्नुपर्ने अवस्था आउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *