चीनबाट स्वास्थ्य सामग्री नेपाल भित्रियो

डिसी नेपाल
७ असोज २०७७ २२:४९

रसुवा । रसुवागढी नाकाबाट आज अपराह्न स्वास्थ्य सामग्री नेपाल भित्रिएको छ । चीनबाट आयात भएका दुई ट्रक स्वास्थ्य सामग्री नेपाल भित्रिएका हुन् ।

आयात भएका ती सामग्रीको भन्सार जाँच गर्ने कार्य आजै सम्पन्न भई दुवै ट्रक गन्तव्यतर्फ पठाइसकिएको जानकारी रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले दिए ।

अन्य सामग्री आयातका लागि सीमा क्षेत्रका चिनियाँ अधिकारीसँग समन्वय भइरहेको र बिहीबार पाँच ट्रक विविध सामग्री रसुवागढी आइपुग्ने जानकारी आएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *