बार्सिलोनाका सेमेडोसँग वोल्वरहेम्प्टनले सम्झौता गर्दे
काठमाडौं । ईङल्यान्डको फुटबल क्लब वोल्वरहेम्प्टनले बार्सिलोना तथा पोर्चुगलका डिफेन्डर नेल्सन सेमेडोसँग सम्झौता गर्ने घोषणा गरेको छ । बुधवार घोषणा गरिएको यो सम्झौता करिब चार करोड़ यूरोको हुने जनाईएको छ । सेमेडो बाहेक वोल्वरहेम्प्टनको टोलीमा पोर्चुगलका जोओ मोटिन्हो, रूबेन्स नेवेस र रुई पैट्रिको रहेका छन । टोलीको प्रशिक्षकको रुपमा पोर्चुगलकै नूनो एस्पिरिटो सेन्टो रहेका छन ।
टोलीका कार्यकारी अध्यक्ष जेफ शीले भने, “प्रायः यस्तो हुँदैन कि हामीले विश्व स्तरको टोलीसँग विश्व स्तरका खेलाडीलाई सम्झौता गर्ने मौका पाउँदछौं।” उनले भने, “नेल्सनको सम्झौताले देखाउँछ कि हामी प्रगति गर्न कहिल्यै रोक्दैनौं।” २६ वर्षीय सेमेडो राइट विंग ब्याकबाट खेल्ने गर्छन। उनले युरोपियन च्याम्पियन पोर्चुगलका लागि १३ खेल खेलेका छन्। बेनिफिकाबाट २०१७ मा बार्सिलोनामा सम्मिलित भएदेखि उनले टोलीका लागि १२४ खेल खेलेका छन, जसमा गत सिजनको ४२ खेलहरू पनि समावेश रहेको छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment