जोर्डनबाट नेपाली चेलीको चित्कार : पेटभरी खान पाइँन, मलाइ नेपाल फर्काउनुस् (भिडियो)

डिसी नेपाल
८ असोज २०७७ १५:१०

काठमाडौं। पाँच महिना अघि हाउस मेडका रुपमा जोर्डन पुगेकी सम्झना तामाङले आफूलाई उद्दार गरी नेपाल फर्काउन आग्रह गरेकी छन्। सम्झौता अनुसारको सेवा सुविधा नपाएको बरु उल्टै आफूमाथि दुव्यर्वहार भएको भन्दै आफूलाई नेपाल झिकाउन आग्रह गरेकी हुन्।

उनले आफूलाई विगत तीन महिनादेखि तलव नखिएको र तलब माग्दा मालिकले पिट्ने गरेको गुनासो गरेकी छन्। पेटभरी खान कहिल्यै नदिएको गुनासो गरेकी तामाङले पानी खाएर रात कटाउनु पर्ने बाध्यता रहेको सुनाइन्। डिसी नेपाललाई प्राप्त एक भिडियोमा तामाङले भनेकी छन्, ‘म जेठको नौ गते यहाँ (जोर्डन) आएकी हुँ। दुई महिनाको तलव पाएपछि बाँकी तलव पाएकी छैन। तलव माग्दा पिट्छ, त्यसपछि तलव माग्दै छोडेँ।’

उनले आफूलाई पेटभरी खानसमेत नदिएको गुनासो गरेकी छन्। ‘कहिले आधा रोटी र थोरै भात दिन्छ। कहिले त्यही पनि दिँदैन।’ उनले आफूले कहिलेकाँही पानी पिएर रात बिताउनु परेको गुनासो गरिन्। जोर्डनमा निकै गर्मी हुने गरेको उल्लेख गर्दै उनले आफूलाई पंखासमेत नदिएको गुनासो गरिन्।

‘पंखासमेत दिएको छैन,’ उनले भिडियोमा भनेकी छन्, ‘कपडा ओढ्दा गर्मी हुन्छ, नओढौं भने मच्छडले खाएर सुत्न सकिँदैन, बिजोक छ।’ उनले आफूलाई नेपाल फर्काउन आग्रह गरेकी छन्।

नेपाली चेली जोर्डनमा समस्यामा परेको थाहा पाएपछि वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले जोर्डनमा नेपाली महिलामाथि भएको दुव्र्यवहारको विषयमा सम्बन्धित म्यानपावर कम्पनीसँग छलफल गरेका छन्। महानिर्देशक दाहालले महिलाको भिडियो हेर्दा उनीमाथि मानसिक र शारीरिक दुव्यर्वहार भएको जस्तो देखिएको भन्दै सत्यतथ्य बुझेर समस्याको समाधान गर्न निर्देशन दिएको बताए।

निर्देशक दाहालले सो विषयमा आजै म्यानपावर संचाल कमलदेव मल्ललाई बोलाएर छलफल गरेको जानकारी दिए। रोजगारदाताले महिलालाई विगत चार महिनादेखि तलव नदिएको, सम्झौता बमोजिम अन्य सुविधा नदिएको र आफूलाई दुव्यर्वहार गरेको बताएको दाहालले जनाए।

तामाङ म्यानपावर लिंकमार्फत जोर्डन गएकी थिइन्। म्यानपावर लिंकका संचालनक कमलदेव मल्लले आफ्नो म्यानपावरमार्फत जोर्डन गएकी सम्झना तामाङको समस्याका विषयमा बिहीबार वैदेशिक रोजगार विभागका महानिर्देशकसँग छलफल भएको जानकारी दिए।

उनले तामाङ आफ्नो म्यानपावरमार्फत जोर्डन गएको बताउँदै सम्झौता अनुसार काम भए नभएका विषयमा सम्बन्धित निकायमा बुझ्ने बताए। ‘जोर्डनमा समस्यामा परेकी सम्झना तामाङका विषयमा वैदेशिक रोजगार विभागका महानिर्देशकसँग आज छलफल भयो,’ मल्लले भने, ‘उहाँ मेरो म्यानपावरमार्फत जानु भएको हो। जोर्डन र नेपालबीच श्रम सम्झौता भएको छ। सो सम्झौता अनुसार हामीले हाउस मेड जोर्डन पठाएका हौं। यो विषयमा सम्बन्धित एजेन्सीसँग छलफल गर्छु।’

आफूले सम्झौता अनुसार काम नभएको भए समस्या समाधान गर्ने काम मेरो हो।’ उनले सकेसम्म आफूले नै समस्याको समाधान गर्ने, नसके सरकारसँग हार गुहार गरेर भएपनि उनको उद्दार गर्ने बताए।

‘हामीले एजेन्सीसँग डिल गर्ने हो। जोर्डनमा नेपालका करिव १५ हाउस मेड छन्। म आजै उहाँलाई एजेन्सीको अफिसमा ल्याएर सबै कुरा बुझेर के उहाँलाई जे गर्दा राम्रो हुन्छ त्यही काम गर्ने हो,’ मल्लले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *