मकवानपुरमा विभिन्न घटनामा ७ को मृत्यु

डिसी नेपाल
१० असोज २०७७ २३:३६

मकवानपुृर। मकवानपुरमा विभिन्न घटनामा शनिबार सात जनाको मृत्यु भएको छ । शनिबार हेटौंडा ९ का ७४ वर्षीय वृद्धको कोरोनाका कारण ज्यान गएको छ भने शनिबारै रेबिजका कारण ५९ वर्षीय एकजना पुरुषको मृत्यु भएकोे छ । मकवानपुरमा शनिबार खोलाले बगाउँदा विभिन्न स्थानमा तीन जनाको ज्यान गएको छ भने दुई फरकफरक स्थानमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

मकवानपुरको कैलाशमा खोलाले बगाउँदा ३८ वर्षीय धावा स्याङ्तान, भीमफेदीमा राप्ती खोलाले बगाउँदा वीरगञ्ज घरभई हेटौंडा बस्ने १८ वर्षीया किशोरी प्रियका सोनी र हेटौंडा १९ को ज्यामिरे खोलालले बगाउँदा पहिचान नखुलेकी अन्दाजी ४०÷४५ वर्षकी एक महिलाको ज्यान गएको हो ।

शनिबारै मकवानपुरको मकवानपुरगढी दरबार नजिक मोटरसाइकल दुर्घटना हुँदा एक जनाको र पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी–९ खरङ्गामा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा अर्का एक जनाको मृत्यु भएको छ ।

गढी दुर्घटनामा ४६ वर्षीय भरत पुडासैनी र मनहरी दुर्घटनामा बारा रतनपरीका सूर्य स्याङ्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । प्रहरीका अनुसार दुवै घटनामा दुई जना गम्भीर घाइते भएका छन् । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *