कोरोनाको ‘हटस्पट’ बन्दै काठमाडौं महानगरपालिका

डिसी नेपाल
१२ असोज २०७७ ७:१५

काठमाडौं । काठमाडौं महानगरपालिकामा मात्र ८ बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। महानगरपालिकाको स्वास्थ्य विभागले दिएको जानकारी अनुसार महानगरपालिकाका ३२ वटा वडा र नखुलेका ३६५ जना गरी ८ हजार २ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार हालसम्म सबैभन्दा बढी वडा नं. १५ मा ७ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यस्तै वडा नं. १६ मा ५ सय ६० र वडा नम्बर १० मा ५ सय ३ जनामा कोरोना पुष्टि भएको छ।

हालसम्म महानगरपालिका भित्र ६५ जनाले कोरोनाका कारण ज्यान समेत गुमाई सकेका छन्। ज्यान गुमाउँनेमा सबैभन्दा बढी वडा नम्बर ५ मा ६ जना रहेका छन्। यस्तै, वडा नम्बर ४ मा ५ जना, वडा नम्बर ७, १३, १५, २० र २७ मा ४/४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। यसैगरी, वडा नंम्बर १०, १६, २१ र २५ मा ३/३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। ज्यान गुमाउनेमा वडा नम्बर १२, १७, ३० र ३२ मा २/२ जना, वडा नम्बर १, ३, ६, ८, ९, ११, १४, २२, २६,२८, र ३१ मा १/१ जनाले ज्यान गुमाएका छन्।

सक्रिय संक्रमितको संख्या २६ रहेको वडा नम्बर २, सक्रिय संक्रमितको संख्या २० रहेको वडा नम्बर १८, ३८ रहेको वडा नं. १९, २८ रहेको वडा नं. २४ र सक्रिया संक्रमितको संख्या १०३ रहेको २९ मा हालसम्म कसैले पनि कोरोना कारण ज्यान गुमाउनु परेको छैन।

महानगरपालिका भित्र हालसम्म ४ हजार १ सय १६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। ३ हजार ७ सय ७५ जना सक्रिय संक्रमितहरु रहेका छन्। महानगरपालिका भित्र २ हजार ६ सय ३ जना होम आइसोलेसनमा रहेका छन्। यस्तै, ५ सय ३३ जना अस्पतालमा र ६ सय ३९ जना संस्थागत आइसोलेसनमा रहेको महानगरपालिकाले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *