फिल्मी शैलीमा अपहरण गरी भारतमा नेपाली युवाको हत्या

डिसी नेपाल
१३ असोज २०७७ ९:२५
76
Shares

नयाँ दिल्ली। भारतको महाराष्ट्र ठाणा जिल्ला उल्लासनगर क्याम्प– ४ मा एक नेपाली युवालाई हत्या गरी हाजी मलङ्गड भन्ने स्थानमा शव फालिएको अवस्थामा फेला परेको छ।

पीडित परिवारले जानकारी दिएको जानकारी अनुसार २६ सेप्टेम्बर शनिबार राति १२ जनाको अज्ञात समूहले फिल्मी शैलीमा भरत परियारसहित उनका साथीलाई अपहरण गरी हत्या गरेका हुन्। भरत परियारका साथी भने अपहरणकारीकाे कब्जाबाट उम्किन सफल भएका थिए।

नेपाल घर दैलेख जिल्ला दुल्लु नगरपालिका–३ घर भएका परियार रोजगारीको सिलसिलामा आमा बुवासहित मुम्बईको उल्लासनगर क्याम्प–४ को सोसाइटीमा बसोवास गर्दै आएका थिए।

मृतक भरत परियारका दाजु प्रेम परियारले दिएको जानकारी अनुसार भरत परियारलाई शनिबार राति १०/१२ जनाको अज्ञात समूहले हातपात गरी अपहरण गरेका थिए। खोज तलास गर्दा भोलि पल्ट भरतको शव भेटिएको हो।

हत्याको दुई दिनपछि भरतको शव पोस्टमार्टम गरी सोमबार अन्तिम संस्कार गरिएको थियो। भरतको हत्याको कारण खुल्न नसकेको परियारले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *