संक्रमणको समयमा कालोबजारी गर्ने चार जना पक्राउ

डिसी नेपाल
१५ असोज २०७७ १९:२७

काठमाडौँ । कोरोना संक्रमणको समयमा कालोबजारी गर्ने चार जना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाले कलंकीस्थित लिंक मार्गबाट ठूलो परिणाममा म्याद नाघेको स्नेकर, ट्याङ र ओरियो बिस्कुट बरामद गर्नुका साथै त्यसको कारोवारमा संलग्न चार जनालाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी अपराध महाशाखाले आइएन डिस्टिब्यूर्टसबाट मिति गुर्जेको सामान बरामद गरिएको त्यसको सञ्चालकसहित स्टोर किपर पक्राउ गरिएको जनाएको छ ।

वाणिज्य आपूर्ति उपभोक्ता संरक्षण विभाग, जिल्ला प्रशासन कार्यालय र अपराध महाशाखाको टोलीले ५ वटा कोठामा राखिएको सामानको बरामद गरेको महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए ।

उनका अनुसार आइएन डिस्टिब्यूर्टसका सञ्चालक रौनक गोत्रालाई बाफलबाट पक्राउ गरिएको छ । त्यस्तै आइएन डिस्टिब्यूर्टसका स्टोर किपर रौतहटका पप्पु शर्मा, महोत्तरीका श्याम प्रसाद सिंह र रौतहटका मुन्ना ठाकुर पनि पक्राउ परेका छन् ।

आइएन डिस्टिब्यूर्टसले म्याद नाघेको सामानमा नयाँ मिति राखेर बजारमा पठाउने गरेको गुनासोको आधारमा छापा मारी उनीहरुलाई पक्राउ गरिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *