भरतपुरमा कोरोना सङ्क्रमित पुरुषको मृत्यु

डिसी नेपाल
१८ असोज २०७७ ९:३५

भरतपुर । चितवनमा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ। जिल्ला स्थित भरतपुर अस्पतालमा उपचाररत कालिका नगरपालिका–७ जुटपानीका ६२ वर्षीय पुरुषको आइतबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए।

असोज १६ गते कोरोना सङ्क्रमणसहित उनी भरतपुर अस्पतालको कोभिड आइसीयूमा भर्ना भएका थिए। उनीमा खोकी र स्वासप्रश्वासको समस्या देखिएको अस्पतालले जनाएको छ। यससँगै कोरोनाका कारण चितवनका मात्रै २४ जनाको मृत्यु भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *