लेखक सङ्घद्वारा डा केसीको जीवनरक्षाको माग
फाइल फाेटाे।
काठमाडौँ । नेपाली कवि र लेखकहरुको सबैभन्दा पुरानो एवम् प्रतिष्ठित संस्था नेपाली लेखक सङ्घले सत्याग्रही चिकित्सक गोविन्द केसीको जीवन रक्षाको माग गर्दै विज्ञप्ति जारी गरेको छ ।
सिर्जना कर्मका माध्यमबाट सामाजिक लोकतन्त्रको पक्षमा वकालत गर्दै आएको लेखक सङ्घले डा केसीले अनसन सुरु गरेको तीन हप्ता बितिसक्दा पनि सरकारले बेवास्ता गरेको भन्दै चिन्ता व्यक्त गरेको छ ।
नेपालको स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवालाई जनमुखी बनाउन डा केसीले उठाएका मुद्दाहरु जायज भएको भन्दै लेखक सङ्घले ऐक्यबद्धता जनाएको छ । आफैँले गरेका सम्झौता आफैँ उल्लङ्घन गर्ने प्रवृत्तिले सरकारप्रतिको नागरिकको विश्वास टुट्दै गइरहेको भन्दै एउटै मागका लागि एउटा सत्याग्रहीलाई पटक पटक अनसन बस्न बाध्य बनाइनु लोकतन्त्रका लागि लज्जाको विषय भएको समेत विज्ञप्तिमा जनाइएको छ ।
नेपाली लेखक सङ्घका अध्यक्ष श्रवण मुकारुङद्वारा हस्ताक्षरित विज्ञप्तिमा यथाशिघ्र वार्ता गरी डा केसीको जीवन रक्षा गर्न सरकारसँग जोडदार माग गरिएको छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment