वालेट मार्फत गरिने कारोबारमा तोकियो शुल्क

डिसी नेपाल
२३ असोज २०७७ १५:२२
56
Shares

काठमाडौं। नेपाल राष्ट्र बैंकले सरकारी कोषमा राजस्व दाखिला गर्दा लाग्ने शुल्क निर्धारण गरेको छ। शुक्रबार केन्द्रीय बैंकले भुक्तानी सेवा प्रदायकले सञ्चालक गरेको डिजिटल वालेटबाट राजस्व तिर्दा लाग्ने शुल्क निर्धारण गरेको हो।

अब सरकारलाई बुझाउने दर अनुसार प्रति कारोबार ५ रुपैयाँदेखि ३० रुपैयाँसम्म लाग्ने छ। त्यस्तै राष्ट्र बैंकले कोभिडका कारण सिर्जित परिस्थितिलाई ध्यानमा राख्दै करदाताका लागि पुस मसान्तसम्म वालेटमार्फत गरिने दाखिला निःशुल्क गर्न भनेको छ। त्यसपछि भने शुल्क लाग्नेछ।

नयाँ व्यवस्था अनुसार एक हजार रुपैयाँसम्मको कारोबार निशुल्क हुनेछ भने त्यसपछि एक हजारदेखि ३ हजारसम्मको कारोबारमा प्रति कारोबार पाँच रुपैयाँ, ३ देखि १० हजार रुपैयाँ सम्मको कारोबारमा प्रति कारोबार १० रुपैयाँ र दश हजारदेखि माथिको कारोबारमा प्रति कारोबार ३० रुपैयाँ तिर्नुपर्ने छ।

वालेटको माध्यमबाट गरिने फन्ड ट्रान्सफर तथा भुक्तानी सीमा सम्बन्धी ब्यवस्थामा राजस्व भुक्तानी शुल्क थप गरिएको पनि राष्ट्र बैंकले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *