डेभिड ग्याङद्वारा ‘वान्टेड’ गरिएका पीडित रैदास सकुशल नेपाल फर्काइए
डेभिड भनिने दुर्गाबहादुर श्रेष्ठ
क्वालालाम्पुर, मलेसिया। मलेसियामा अपहरण र धम्की दिई फिरौती असुल गरेको आरोपमा डेभिड भनिने दुर्गाबहादुर श्रेष्ठ नेपाल प्रहरीको हिरासतमा रहेकै बेला उनीबाट पीडित व्यक्ति भनिएका मोहम्मद रैदासलाई मलेसियाबाट नेपाल पठाइएको छ।
डेभिड पक्राउपछि मलेसियास्थित नेपाली दुतावासको समन्वयमा सुरक्षित बस्दै आएका रैदासलाई दूतावासकै पहलमा सुरक्षितरुपले नेपाल फर्काइएको हो।
यसबारे डिसी नेपाल प्रतिनिधिले दूतावासमा सम्पर्क गर्दा यसबारे थप जानकारी दिन नमिल्ने बताइयो। रैदासलाई मलेसियामा डेभिड ग्याङसँग सम्बन्धित व्यक्तिहरुले फेसबुकमै मोष्ट वान्टेड लेखी फोटोसहित सूचना जारी गरेका र उनीबारे जानकारी दिनेलाई पाँच हजार आरएम (मलेसियन मुद्रा) पुरस्कार दिने घोषणासमेत गरेका थिए।
रैदास डेविडकै क्यान्टिनमा काम गर्ने कर्मचारी भएको बुझिएको छ। डेभिड विगत लामो समयदेखि मलेसियामा बसी मलेसियन सरकारी अधिकारी दातोको संरक्षणमा रहेर मलेसियामा व्यवसाय तथा मलेसियाका स्थानीय गुण्डाहरुसँग सहकार्य गर्दै धन्दा गरिरहेका ब्यक्ति हुन्।
उनीमाथि मलेसियाको बहुप्रतिष्ठित कम्पनी टोप ग्लोभका मलेसिया रहेका २१ भन्दा बढी फ्याक्ट्रीमा क्यान्टिन संचालन गर्दै कम्पनीबाट नै कामदारसँग खानाको पैसा समेत असुली गर्दै आएको आरोप पनि लाग्दै आएको छ।
उनले सेलेङर राज्यको केलाङ क्वालालम्पुर स्थित बुकित बिन्ताङ लगायतका ठाउँमा दर्जनौं रेस्टुरेन्टसमेत सन्चालन गर्दै आएका थिए। साथै पछिल्लोचरण उनी आफ्नै क्यान्टिनमा कार्यरत कर्मचारी अपहरण तथा बन्दक बनाएर फिरौतीसमेत असुलेको आरोपमा फसेका हुन्।
डेबिडलाई उक्त फिरौती रकम निकाल्न काठमाडौ आएको मौका छोपी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौबाट नियन्त्रणमा लिएसँगै यो विषय मलेसियादेखि सामाजिक संजाल फेसबुकमा समेत यतिबेला भाइरल भएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment