कर्मचारीमा काेराेना भेटिएपछि उच्च अदालत दिपायलको सेवा बन्द

डिसी नेपाल
२७ असोज २०७७ ८:१७
60
Shares

दिपायल । उच्च अदातल दिपायलले एक साताका लागि सम्पूर्ण सेवा बन्द गरेको छ ।

अदालतमा कार्यरत एक जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि आजदेखि लागू हुनेगरी आन्तरिक प्रशासनिकबाहेक सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरिएको अदालतका निमित्त रजिष्ट्रार सीता रेग्मीले बताइन्। उनले भनिन्, “अदालतका एकजना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ, अरुलाई पनि नहोस् भनेर अदालतका आन्तरिक प्रशासनिक काम बाहेकका अन्य काम कारवाही एक साताका लागि बन्द गरेका छौँ ।”

कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सोमबार अदालतमा कार्यरत सबै कर्मचारीको स्वाब सङ्कलन गरेर परीक्षणका लागि जिल्ला अस्पताल डोटीको प्रयोगशालामा पठाइएको रजिष्ट्रार रेग्मीले जानकारी दिइन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *