‘तीन सरकारबीच पर्याप्त समन्वय भएन’

रासस
२७ असोज २०७७ १९:५८

काठमाडौं । सङ्घीय सरकार र प्रदेश सरकारले स्थानीय तहसँग पर्याप्त समन्वय नगरेको आज यहाँ आयोजित कार्यक्रमका वक्ताहरुले बताए । गाउँपालिका राष्ट्रिय महसङ्घले आयोजना गरेको ‘भर्चुअल पत्रकार सम्मेलन’ मा महासङ्का पदाधिकारीले संविधानमा सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वय, सहकार्य र सहअस्तित्व हुने उल्लेख भएपनि समन्वय कम भएको भन्दै त्यसलाई बढाउनुपर्नेमा जोड दिए ।

महासङ्घका अध्यक्ष होमनारायण श्रेष्ठले कोभिड–१९ नियन्त्रणका लागि बजेट सङ्घीय सरकारसँग भएपनि उसले स्थानीय सरकारसँगको समन्वयमा थोरै स्थानमा मात्रै क्वारेन्टिन निर्माण गरेको बताए । उनले भने, “गाउँपालिका आफैँले यसको नियन्त्रणका लागि सकेसम्मका काम गरिरहेका छन् ।” संविधानअनुसार गाउँपालिकामा विभिन्न किसिमका अधिकार पाएपछि यसले कम स्थानीय स्तरका लगानीमा धेरै परिणाम दिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । अझै पनि धेरै गाउँपालिकाको केन्द्रमा सडक नपुगेको र पुगेका पालिकाहरुमा पनि माटे सडक भएकाले केन्द्रसम्म कालोपत्रे सडक पु¥याउने कार्यक्रम अघि बढाउनुपर्नेमा उनको जोड छ । उनले भने, “यसका लागि सङ्घले बजेट पनि छुट्टाएको छ ।”

महासङ्घका महासचिव बंशिलाल तामाङले अझै पनि एक तिहाई गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा कार्यसम्पादनमा समस्या परेको बताए । उनका अनुसार सङघीय सरकारले प्रमुख पठाएका स्थानमा पनि भर्खर बढुवा भएका वा यस अघि विकासे अड्डामा काम गरेको अनुभव नभएका व्यक्ति छन् । विकासका लागि राजनीति गरेपनि विकासमा राजनीति गर्न नहुने उनको धारणा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *