शिवम् सिमेन्टका लगानीकर्तालाई २४.२१ प्रतिशत नगद लाभांश

डिसी नेपाल
२९ असोज २०७७ १२:११

काठमाडौं। शिवम् सिमेन्टसले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई चुक्ता पुँजीको २४.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।

कम्पनीको बुधबार बसेको संचालक समितिको बैठकबाट एक अर्ब ६ करोड ५२ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ।

अब कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पािरत भएपछि यो लाभांस सेयरधनीले पाउने छन्। कम्पनीले गत आवमा १ अर्ब ५१ करोड ४६ लाख रुपैयाँ खुद नाफा गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *