बहराइनका राजकुमारसहितको टोलीद्वारा मनास्लु हिमालको सफल आरोहण

मान्मा। बहराइनका राजकुमार मोहमद हमद मोहम्मद अल खलिफासहितको टोलीले मनास्लु हिमालको सफल आरोहण गरेको छ । बिहीबार बिहान ६ बजेर १० मिनेटमा मनास्लु हिमाल आरोहण सम्पन्न गरेको बहराइनस्थित नेपाली दूतावासले जनाएको छ ।

८ हजार १५६ मिटरको मनास्लु हिमाल संसारको आठौं अग्लो र नेपालको सातौं अग्लो हिमाल हो । लोबुचे र मनास्लु हिमाल चढ्ने उदेश्यसहित उक्त टोली गत सेप्टेम्बर १६ मा नेपाल प्रस्थान गरेको थियो।

यसअघि राजकुमारसहितको टोलीले अक्टोबर ३ मा सोलुखुम्बुमा रहेको ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे हिमाल सफलतापूर्वक आरोहण गरेको थियो।

टोलीले आगामी बसन्त ऋृतुमा सगरमाथा आरोहणको पूर्व तयारी समेत गर्ने दूतावासले जनाएको छ । नेपालमा लकडाउनपछि पहिलो हिमाल आरोहण बहराइनी टोलीले गरेको हो।

सफलतापूर्वक मनास्लु हिमाल आरोहण गरेकोमा दूतावासले टोलीलाई बधाई समेत दिएको छ ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो