महिला उद्यमशील केन्द्र सञ्चालनमा

डिसी नेपाल
७ कार्तिक २०७७ ८:५३

भरतपुर । चितवनमा महिला उद्यमशील केन्द्र सञ्चालनमा ल्याइएको छ। भरतपुर महानगरपालिका–२१ पार्वतीपुरमा स्थापना गरिएको सरस्वती महिला उद्यमशील महिला तालिम केन्द्र सञ्चालनमा ल्याइएको हो।

भरतपुर महानगरपालिकाको रु २५ लाख र समूहको सहभागितामा थप रु सात लाख रकम गरी रु ३२ लाखको लागतमा तालिम केन्द्रको निर्माण गरिएको हो । केन्द्रको उद्घाटन कार्यक्रममा भरतपुर महानगर प्रमुख रेनु दाहालले नवनिर्मित तालिम केन्द्र यस क्षेत्रका महिला उद्यमी र उद्यम गर्न चाहने महिलाको सीप र क्षमताको आधारमा बहुउपयोगी हुने बताइन्। उनले भनिन् “उद्यमशीलताले मात्र परिवार र समाजलाई समृद्ध बनाउन सक्छ, तसर्थ आधुनिक प्रविधि सीपमार्फत उत्पादकत्व बढाउन सबै एकत्रित हुनुपर्छ ।”

रोजगार सिर्जना र उत्पादकत्व बढाउनुपर्नेमा जोड दिँदै उनले यस्ता योजना लिएर महानगरपालिका आउनेलाई सबै प्रकारको सहयोग गर्न महानगर तयार रहेको बताइन्। कार्यक्रममा वडा नं २१ का वडाअध्यक्ष चित्रसेन अधिकारीले नवनिर्मित तालिमकेन्द्र भवन यस क्षेत्रका समुदायलाई सीप सिकाइमा उपयोगी हुने बताए। समूहका अध्यक्ष एवं दिव्या शर्माले समूहको आयव्यय तथा समूहले गरेका गतिविधिहरूको बारेमा जानकारी गराएकी थिइन्।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *