उपत्यकामा थप १११० जनामा कोरोना संक्रमण पुष्टि

डिसी नेपाल
८ कार्तिक २०७७ १६:४३

काठमाडौँ । काठमाडौं उपत्यकामा थप १११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।त्यसमध्ये ४२९ जना महिला रहेका छन् भने ६८१ जना पुरूष रहेका छन्।यससँगै बागमती प्रदेशमा १२१७ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर २२२५ जना नयाँ संक्रमित थपिएका छन्। योसँगै संक्रमित हुनेको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट २८४६ जना निको भएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या १ लाख ८ हजार ३३४ पुगेको छ।

कोरोनाबाट थप १३ जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ८४२ पुगेको छ।

पछिल्लो २४ घण्टामा १३८४६ जनाको पिसिआर परीक्षण गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *