पछिल्लो २४ घण्टामा उपत्यकामा थप २ सय ५२ जनामा कोरोना

डिसी नेपाल
११ कार्तिक २०७७ १६:४८

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये ९७ जना महिला र १५५ जना पूरुष रहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २२५, ललितपुरमा २३ र भक्तपुरमा ४ जना गरी २५२ जना संक्रमित थपिएका छन् ।

काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या ७० हजार ६ सय ४५ पुगेको छ । जसमध्ये काठमाडौंमा ५७ हजार ३ सय जना, ललितपुरमा ८ हजार ५२, भक्तपुरमा ५ हजार ३ सय ९३ जना संक्रमित रहेका छन्। उपत्यकामा हालसम्म ३१४ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ।

देशभरका ल्याबमा जम्मा २ हजार ७२५ नमुना परीक्षण भएको र २७२५ नाममा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको छ । उनीहरुमध्ये १ लाख १८ हजार ८४३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३ हजार १६८ जना संक्रमणमुक्त भएका हुन् ।

यस्तै थप १४ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ८७६ पुगेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *