वागमती प्रदेश प्रमुखलाई कोरोना सङ्क्रमण
झापा। वागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ। उनले मङ्गलवार पिसिआर रिपोर्ट पोजेटिभ आएको बताएका छन्। उनी प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दशैँमा झापाको मेचीनगरस्थित घर आएका थिए।
विगत पाँच दिनदेखि शरीर दुख्ने, पसिना आउने जस्ता सामान्य लक्षण देखिएको र स्वास्थ्य अवस्था सामानय रहेको उनले बताए। हाल घरमै आइसोलेसनमा रहेकाे उनका छोरा राजेशलाई पनि कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment