दुर्घटनामा पाँच घाइते

डिसी नेपाल
१४ कार्तिक २०७७ २३:३४

धादिङ । बुटवलबाट काठमाडौँ आउँदै गरेको स्करपियो धादिङको पृथ्वीराजमार्गस्थित सलाङघाटमा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

बा १२ च ४४१० नम्बरको स्करपियो सडकबाट खोल्सामा खसेर दुर्घटना भएको र सबै घाइतेको उद्दार गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी नायब निरीक्षक युवराज खड्काले जानकारी दिए ।

दुई गम्भीरसहित सबै घाइतेको राजमार्ग सामुदायिक अस्पताल, मलेखुमा उपचार भइरहेको छ ।

यसैबीच, चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गल्छी गाउँपालिका–७ का एक १४ वर्षीय बालकलाई प्रहरीले शुक्रबार गिरफ्तार गरेको छ ।

पिङ खेल्न गएकी बालिकालाई बलात्कार गरेको अन्य बालकले देखेपछि स्थानीयवासीको सहयोगमा प्रहरीले गिरफ्तार गरेको हो ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *