हाेम आइसाेलेसनमा बसेका २ जनाकाे मृत्यु

डिसी नेपाल
१५ कार्तिक २०७७ ९:२८

नवलपुर। काेराेना संक्रमण भएर हाेम आइसाेलेसमा बसेका २ जनाकाे मृत्यु भएकाे छ। पूर्वी नवलपरासीमा हाेम आइसाेलेसनमा बसेका उनीहरूकाे शनिबार विहान मृत्यु भएकाे जिल्ला स्वास्थ्य कार्यालयले जनाएकाे छ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गैँडाकाेट नगरपालिका वडा न.. २ की ७७ वर्षीया महिला रहेकी छन्। यस्तै कावासाेती नगरपालिका वडा न.. ६ का ६७ वर्षीया पुरूषकाे पनि शनिबार विहान नै मृत्यु भएकाे जिल्ला स्वास्थ्य कार्यालयले जनाएकाे छ।

ज्यान गुमाएका उनीहरूकाे सुरक्षा निकाय, जनप्रतिनिधि र स्वास्थ्यकर्मीको निगरानीमा घर परिवारले नै शव व्यवस्थापन गर्ने तयारी भैरहेको जनाइएकाे छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *