१० लाख घुस सहित इन्जिनियर जैसवाल पक्राउ

डिसी नेपाल
२० कार्तिक २०७७ १८:३२

वागमती । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाले १० लाख घुस रकमसहित विधुत प्राधिकरणका इन्जिनियर ईश्वरीप्रसाद जैसवाललाई रगेंहात पक्राउ गरेको छ ।

हेटौडा–भरतपुर–वर्दघाट प्रसारण लाइन आयोजनामा कार्यरत नवौ तहका इन्जिनियर जैसवाललाई आयोगको कार्यालयबाट खटिएको टोलीले आज पक्राउ गरेको जनाएको छ । प्रहरी नायब उपरीक्षक भीमकिरण बोगटीको नेतृत्वमा रहेको आयोगको टोलीले पक्राउ गरेको आयोगको कार्यालयले जनाएको छ ।

हेटौँडाको बसपार्कमा रहेको एक होटलबाट उनलाई पक्राउ गरिएको हो । ठेक्का रकम भुक्तानी गर्ने प्रयोजनमा इन्जिनियर जैसवालले रु १० लाख रकम मागेका थिए । उक्त अवैध रकम होटलमा लिने क्रममा उनी पक्राउ परेको आयोगका कार्यालय प्रमुख बाबुराम खतिवडाले जानकारी दिए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *