नेकपाका शीर्ष नेतालाई मनमुटाव त्याग्न आग्रह
मकवानपुर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेश भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले नेकपाका शीर्ष नेताले आगामी महाधिवेशनका संघारका बीचमा आपसी मनमुटाव, प्रतिस्पर्धा र होडबाजीलाई त्यागेर मुलुक र जनतालाई केन्द्रबिन्दु बनाउनमा एक जुट हुन आग्रह गरेका छन्।
उनले आज रासससँग कुरा गर्दै पार्टीको एकीकृत प्रक्रियालाई दरिलो बनाउन र भविष्यमा महाधिवेशनबाट युवा जमातलाई पनि पार्टीको नेतृत्वमा क्षमतावान् बनाई जिम्मेवारी दिन आग्रह गरे।
उनले शीर्ष नेतृत्वमा रहेका ७० वर्ष नाघेकाले राजनीतिबाट विश्राम लिनुपर्ने सुझाव दिए ।पार्टीका सबै तहका कार्यकारी पदमा दुई कार्यकालभन्दा बढी जिम्मेवारी लिन नहुने पनि उनको प्रस्ताव छ । रासस
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment