चुनाव हारे पनि डोनल्ड ट्रम्पद्वारा पद नछाड्ने संकेत, सर्बोच्चमा अपिल गर्ने घोषणा

डिसी नेपाल
२१ कार्तिक २०७७ ६:११

वासिंगटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमरिकी राष्ट्रपतिय निर्वाचनमा अवैधानिक भोटहरु गनिएको आरोप लगाएका छन्। उनले हाल घोषित निर्वाचन परिणामप्रति असन्तुष्टि जनाउँदै त्यसका विरुद्ध अर्थात् हालको परिणाम उल्टाउन सर्बोच्च अदालतमा मुद्धा दायर गर्न जाने घोषणा गरेका छन्।

ह्वाइट हाउसमा अमेरिकी समयअनुसार, बिहीबार साँझ एक विशेष पत्रकार सम्मेलन गर्दै सो घोषणा गरेका हुन्। उनले निर्वाचनको दिनभन्दापछि जम्मा गरेर गणना गरिएका मतहरुलाई अवैधानिक भनेका छन्।

अमेरिकी निर्वाचन प्रणालीअनुसार, आफ्नो मतपत्र हुलाकमार्फत पनि पठाउन सकिने, देशभित्र अनुपस्थित भए देशवाहिरबाट पनि आफ्नो देशको राष्टपतिका लागि मत दिन सकिने संबैधानिक व्यबस्था छ

तर, राष्ट्रपति डोनाल्डले निर्वाचनका दिनवाहेक अरु दिनका मतहरुलाई मान्यता दिन नसकिने बताए। उनले भने, ‘बैधानिक भोटहरु गन्ने हो भने मैंले चुनाव जितेको छु। तर, अबैधानिक भोटहरु गन्ने हो भने उनीहरुले निर्वाचन परिणाम हर्न सक्छन्।’

उनले पेन्सिलभेनिया राज्यमा मतगणनामा व्यापक धाँधली भएको आरोप पनि लगाए।  त्यसैगरी डिट्रोएट र अन्य शहरहरुमा पनि मत गणनामा धाँधली भएको उनको आरोप छ । आफ्ना पर्यबेक्षकहरुलाई मत गणनास्थलबाट टाढै राखेर मत गणना गरिएकाले धांधली भएको उनको तर्क छ।

जर्जियामा पनि चारघण्टा मत गणना रोकेर धाँधली गरेको उनले बताए। जर्जियामा अझैसम्म राष्ट्रपति डोनाल्ड नै अग्र भागमा छन् तर प्रतिष्पर्धा तीब्र बनेको छ। उनले प्रतिद्वन्दी जो वाइडेनलाई आरोप लगाउँदै भने,‘ उनीहरु इमान्दारिपूर्वक चुनाव जितिँदैन भन्ने ठान्छन् तर म इमान्दारितामा विश्वास गर्दछु।’

उनले अहिलेको जस्तो धांधलीपूर्व र अवैधानिक मतगणना अमेरिकाको इतिहासमै कहिल्यै नभएको आरोप पनि लगाए । हुलाकको संकेत नभएका र परिचय नखुलेका मतपत्रहरुसमेत गणना भएको दावी गर्दै उनले यस्तो परिणाम उल्टाउन सर्बोच्च जाने बताएका हुन्।

पछिल्लो गणनाअनुसार, पेन्सिलभेनियामा जम्मा एक प्रतिशतले मात्र डोनाल्ड ट्रम्प अगाडि छन् तर डेमोक्र्याटहरुको बाहुल्यता भएको क्षेत्रका मत गणना अझै बाँकी छ। त्यसैगरी जर्जियामा पनि उनलाई वाइडेनले कडा टक्कर दिइरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *