चितवन बारको नेतृत्वका लागि आज निर्वाचन हुँदै

डिसी नेपाल
२१ कार्तिक २०७७ ९:१०

चितवन । चितवन जिल्ला अदालत बार एसोेसिएसनको २१ औँ जिल्ला अधिवेशनमा दुई समूह नेतृत्वका लागि प्रतिस्पर्धामा रहेका छन्। आज हुने अधिवेशनले दुई वर्षे कार्यकालका लागि १३ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ। नेतृत्व चयनका लागि बिहान ९ वजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुँदैंछ । कार्यसमितिका लागि २७ जना र आठ जनाको केन्द्रिय पार्षदका लागि १६ जनाको उम्मेदवारी परेको छ।

प्रगतिशील तथा पेशागत कानून व्यवसायी सङ्गठन (पिएलए) र नेपाल प्रजातान्त्रिक कानून व्यवसायी संघ (डिएलए) निर्वाचनका लागि समूह बनाएर नै निर्वाचनमा लागेका हुन् । अध्यक्षमा पिएलएका रामकृष्ण अधिकारी र डिएलएका डा हरिहर पोखरेल प्रतिस्पर्धामा रहेका छन्।

उपाध्यक्षमा तीन जनाको उम्मेदवारी परेको छ । पिएलएका रामचन्द्र देवकोटा, डिएलएका मुन्ना विक्रम खाती र स्वतन्त्रबाट बद्री गौतम रहेका छन्। पिएलए र डिएलएबाट क्रमशः सचिवमा विनोद मिश्र र श्रीराम दवाडी, कोषाध्यक्षमा बद्रीनाथ पण्डित र बलराम पौडेल, सहसचिवमा शोभा भट्टराई र पृथ्वीदेवी सुवेदी छन्। नेतृत्व चयनका लागि १९८ जनाले मतदान गर्ने बारले जनाएको छ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *