चितवन बारकाे अध्यक्षमा रामकृष्ण अधिकारी

डिसी नेपाल
२२ कार्तिक २०७७ ८:२६
60
Shares

चितवन । चितवन जिल्ला अदालत बार एशोेसिएसनको अध्यक्षमा रामकृष्ण अधिकारी निर्वाचित भएका छन्। शुक्रबार राति सम्पन्न मतगणनाको परिणाम अनुसार प्रगतिशील तथा पेशागत कानून व्यवसायी सङ्गठन (पिएलए) का उमेदवार अधिकारी अध्यक्षमा निर्वाचित भएका हुन्।

उनले निकटतम प्रतिद्वन्दी नेपाल प्रजातान्त्रिक कानून व्यवसायी सङ्घ (डिएलए) का डा. हरिहर पोख्रेललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनु भएको हो । अधिकारीले १ सय ७ मत प्राप्त गरेका थिए भने पोख्रेलले ८० मत प्राप्त गरेका थिए।

एशोेसिएसनको उपाध्यक्षमा मुन्नाविक्रम खाती निर्वाचित भएका छन्। डिएलएका उमेदवार उनले आफ्ना निकटतम प्रतिद्वन्दी पिएलएका रामचन्द्र देवकोटालाई पराजित गरेका हुन्। खातीले ९६ मत ल्याउँदा देवकोटाले ८२ मत प्राप्त गरे।

सचिवमा पिएलएका उमेदवार विनोद मिश्र विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्दी डिएलएका श्रीराम दवाडी पराजित भए। मिश्रले ९९ र दवाडीले ८२ मत ल्याएका थिए ।

यसैगरी कोषाध्यक्षमा बद्रीनाथ पण्डित र सहसचिवमा शोभा भट्टराई निर्वाचित भएका छन्। सो एशोसियसनको २१ औँ जिल्ला अधिवेशनले दुई वर्षे कार्याकालका लागि १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *