मातृभूमी नेपालमा कोभिड–१९ को कारण समस्यामा परेकोलाई सहयोग

डिसी नेपाल
२४ कार्तिक २०७७ ११:१७

न्युहेम्पशायर ।  यूनाइटेड किराँत राई अर्गनाइजेसन अफ अमेरीकाले आफ्नो मातृभूमी नेपालमा कोभिड–१९ को कारण समस्यामा परेकोलाई आर्थिक सहयोग गरेको छ। अर्गनाइजेसनका लोकल च्याप्टरहरु न्युहेम्पशायर, कनेक्टिकेट, म्यासाच्युसेट्स बोस्टन, न्यु योर्क वाशिंगटन डी सी, पेन्सिल भानिया, क्यालीफोर्निया, मेरील्याण्ड, भर्जिनिया, टेक्सास, कोलोराडो, नेब्रास्का लगाएतका राज्यमा बसोबास गर्ने नेपालीहरुबाट सहयोग रकम संकलन गरिएको हो।

संसारभरी महामारीको रुपमा फैलिएको कोरोनाको कारण आफ्नो मातृभूमि नेपालमा दैनिक ज्यालादारी गरी जीवन यापन गरी रहेका बाबु आमाको नाबालक छोराहरु तथा शारीरिक अपांगता भएको नेपालीहरुले भोग्नु परेको दुःख कष्टमा साथ दिने उदेष्यले यो सानो सहयोग गरिएको हो ।

आदिवासी जनजाती महासंघ अमेरीका फिपनाको सहयोग अभियानलाई २ महिना पहिले २ हजार २० अमेरिकी डलर पठाइएको थियो।

अर्गनाइजेसनका केन्द्रीय अध्यक्ष मुना राइले सन् २०२० सालको सम्झना रहने गरी २ हजार २० सहयोग गरिएको बताइन्। सहयोगसहित अन्य सहयोग संकलन गरेर फिपनाले नेपालको विभिन्न शहर तथा वस्तीहरुमा रोजगारीबाट बन्चित भएर भोकै हिड्न बाध्य हुनु भएकालाई खाना खुवाउने समेत व्यवस्था गरिएको थियो।

अहिलेको २ हजार डलर बराबर नेपाली रकम २ लाख ८ हजार ६ सय पठाइएको हो । उक्त सहयोग रकम अर्गनाइजेसनको प्रतीनिधित्व गर्दै संगीतकार तथा गायक कनकाइस्ट राईले भब्य कार्यक्रम गरी हस्तान्तरण गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *