पाकिस्तानी पूर्व प्रधानमन्त्रीकी छोरीको बाथरुममा समेत खुफिया क्यामेरा !
काठमाडौं। पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफकी छोरी मरयम नवाजले इमरान खान सरकारमाथि निकै गम्भीर आरोप लगाएकी छिन् । मुस्लिक लीग नवाजकी उपाध्यक्ष समेत रहेकी मरयमले आफूलाई जेलमा जुन सेलमा राखिएको थियो त्यो सेलमा खुफिया क्यामेरा जडान गरिएको दावी गरेकी छिन् । यतिमात्र नभइ इमरान सरकारले आफ्नो बाथरुममा समेत खुफिया क्यामेरा जडान गरेको उनको दावी छ । उनले हालै एक अन्तरवार्ताको क्रममा आफूलाई जेलमा राखेर गरिएको व्यवहारबारे बताएकी हुन् ।
जियो न्यूजका अनुसार मरयमले इमरान सरकारप्रति लक्षित गर्दै भनिन् ‘म २ पटक जेल गइसकेकी छु । यदि मैले हिरासतमा बस्ने क्रममा म र अन्य महिला कैदीमाथि हुने व्यवहारबारे विस्तारमा बताउने हो भने उनीहरुले आफ्नो अनुहार लुकाउने ठाउँ पाउने छैनन् ।’ मरयमले अधिकारी कोठामा पसेर आफ्ना पिताको अगाडि उनलाई पक्राउ गर्न सक्छन्, उनको बेडरुमसम्म पुग्न सक्छन्, बाथरुममा क्यामेरा लगाउन सक्छन् भने पाकिस्तानमा कुनै पनि महिला सुरक्षित नभएको बताइन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment