अफगानिस्तानमा तालिबानद्धारा १४ सुरक्षाकर्मीको हत्या
सांकेतिक तस्वीर
काबुल । अफगानिस्तानको कुन्दुज प्रान्तमा तालिबानहरुले १४ जना सुरक्षाकर्मीको हत्या गरेका छन् ।तालिबानहरुले गरेको आक्रमणमा परी ती सुरक्षाकर्मीको ज्यान गएको हो । कुन्दुजको सुरक्षा निकायका अनुसार कुन्दुज प्रान्तको बला हिसारमा रहेको एक सुरक्षा चौकीमा आक्रमण गरेर ती सुरक्षा अधिकारीको हत्या गरेका थिए ।
कुन्दुज प्रान्तको साहिब जिल्लाको सो सैनिक क्याम्पमा उनीहरुले बिहीबार राति आक्रमण गरेका थिए । त्यस क्रममा सो क्याम्पमा रहेका सुरक्षा अधिकारीको मृत्यु भएको हो ।त्यसक्रममा १२ जना सुरक्षाकर्मी मारिएका थिए भने दुई जना प्रहरी सो जाँच चौकीबाट घर जाने क्रममा तालिबानको आक्रमणमा परी मारिएका हुन् ।
सो आक्रमणमा कम्तीमा पनि १० जना तालिबान मारिएका वा घाइते भएका बताइएको छ । तर यस विषयमा तालिबानहरुले भने कुनै प्रतिक्रिया दिएका छैनन् । उता आजै काबुलमा पनि तालिबानीहरुले आक्रमण गरेर दुई जना सर्वसाधारणको हत्या गरेका छन् । एएनआई
No ads found for this position

डिसी नेपाल
Facebook Comment