अमेरिकाकाे सान डिएको र कोलम्बियाका लागि महावाणिज्यदूत नियुक्त
फाइल तस्वीर
काठमाडौं। सरकारले अमेरिकाको सान डिएगो शहर र दक्षिण अमेरिकी मुलुक कोलम्बियाका लागि अबैतानिक वाणिज्यदूत नियुक्त गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को विहीबार बसेको बैठकले सो निर्णय गरेको हो।
निर्णयअनुसार अमेरिकाको सान डिएगो शहरका लागि अवैतानिक महावाणिज्यदूत ऋषि पुनाखर खनालको म्याद सकिएको एकबर्षपछि फेरि अवैतानिक महावाणिज्यदूतमा उनलाई नै निरन्तरता दिने निर्णय गरेको छ।
परराष्ट्र मन्त्रालयका अनुसार, खनालको पदावघि २०७६ साल असोज २१ गते नै सकिएको थियो। विगत एकबर्षदेखि सो पदमा अरु नियुक्ति पनि गरिएका थिएनन् र खनालको म्याद पनि थप भएको थिएन। तर खनालले निरन्तररुपमा काम गर्दै आएको आधारमा सरकारले फेरि खनालकै म्याद थप गर्ने निर्णय गरेको हो। खनाललाई सान डिएको शहरको महावाणिज्यदूत पदमा चारबर्षका लागि म्याद थप गर्ने निर्णय भएको हो।
त्यसैगरी दक्षिण अमेरिकी मुलुक कोलम्बियाको अवैतानिक वाणिज्यदूतमा डा.सोराया स्टेला कारो भारगासलाई नियुक्त गर्ने निर्णय भएको छ। भारगास कोलम्बियाको बोगटाका बासिन्दा हुन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment