अमेरिकाबाट बसन्त भन्छन् ‘सकिँदैन देश भुल्न..’

डिसी नेपाल
२९ कार्तिक २०७७ ९:४७

अमेरिका।  अमेरिकाको कोलोराडो निवासी गायक बसन्त लम्सालले बिदेशमा रहेपनि जन्मेको देश भूल्न नसकिने सन्देश बोकेको गीत सार्वजनिक गरेका छन्। उनले आफ्नै रचना एवं संगीतमा स्वर दिएर ‘सकिँदैन देश भूल्न’  बोलको गीत सार्वजनिक गर्दै उक्त सन्देश दिएका हुन्।

जन्मभूमिप्रतिको अगाध प्रेम झल्किने गीतको भिडियो निर्देशन क्यालिफोर्निया निवासी एस राज वाग्वेले गरेका हुन्। एस राज र संजय कार्कीद्वारा छॉयाकंन गरिएको उक्त गीतको भिडियोमा नेपालदेखी अमेरिकाको क्यालिफोर्नियास्थित चर्चित हलिउड र समुद्रको दृश्यलाई पनि समेटिएको छ। किरण कडेलले एरेन्ज गरेको उक्त गीतलाई सुप्रीम पराजुलीले सम्पादन गरेका छन् ।

दाङ जिल्लामा जन्मेका संगीतसर्जक बसन्त लम्सालले विक्रम सम्बत २०४९ सालमा रमेश “क्षितीज”को रचना र नारायण रायमाझीको संगीतमा पहिलो पटक “छायाँ बस्ने पिपलुको भुइँमा पात झर्यो” बोलको आधुनिक गीत रेडियो नेपालमा रेकर्ड गराउँदै गायन क्षेत्रमा प्रवेश गरेका थिए।

गायक,संगीतकार तथा गीतकारको परिचय बनाईसकेका लम्सालले नेपाली सागीतिक क्षेत्रमा “दोबाटोमा, एल्बममा समेटिएका गीतहरुमध्ये “छायाँ बस्ने पिपलुको भुइँमा पात झर्यो” र ”सानो होला मेरो घर, मेरा लागि संसार हो” बोलको राष्ट्रिय गीतलाई श्रोताहरुले निकै मन पराएका थिए।

विस २०६३ सालतिर अध्ययनको क्रममा विदेशीएका गायकले अन्तत: “देश छोडे, तर संगीत छोड्न सकेनन! यसबीचमा विदेशी भूमिबाटै पनि आफ्नो उपस्थितीलाई कुनै न कुनै रुपमा उनले निरन्तरता दिइ रहेका छन्।

लम्सालको आफ्नै शब्द र संगीतमा अन्जु पन्तको आवाजमा रेकर्ड गरेका “धरतीमा आएँ एकलै, कर्म ग्याल्छेनको स्वरमा रेकर्ड गरिएको “भन्छौ रे देश छोडेर जाने” र उनी आफैले गाएको”सम्भावना भए गाउँमै गरी केही खाने” गीत निकै मार्मिक र स्तरीय रहेका छन्। लम्सालको सृजनामा गायक एवं संगीतकार हरि लम्सालले स्वर दिएका छन्।

२०५१ तिर रेडियो नेपालमा स्वर परिक्षा पास गरेर संगीतकर्मीको परिचयलाई आजसम्म निरन्तरता दिएरहेका छन्।

भिडियाे




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *