तिहार पर्वले सत्कर्ममा लाग्न प्रेरणा मिलोस्ः मुख्यमन्त्री पौडेल

डिसी नेपाल
१ मंसिर २०७७ १४:४२

वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले तिहार पर्वले सत्कर्ममा लाग्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन । मुख्यमन्त्री पौडेलले नेपालीको महान् चाड तिहारका अन्तिम दिन आज भाइटीकाको अवसरमा जारी गरेको शुभकामना सन्देशमा दाजुभाइ र दिदीबहिनीबीच आपसी प्रेम, सद्भाव तथा सुमधुर सम्बन्ध स्थापना गर्न भाइटिकाले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरेका छन ।

उनले सन्देशमा भनेका छन, “यतिबेला सम्पूर्ण मानव समुदाय कोरोनाविरुद्ध सङ्घर्षरत छ । कोरोनाको महामारीबाट स्वास्थ्य चुनौतीसँगै जनजीवनका विविध पाटाहरु नराम्ररी प्रभावित भएका छन् । महामारीका कारण चाडपर्वहरु विगतको जस्तो खुलेर मनाउने अवस्था छैन । त्यसैले विश्व स्वास्थ्य सङ्गठन तथा नेपाल सरकारले तोकेका मापदण्डलाई पालना गरी आफ्नो परिवारमा मात्र सिमित भएर चाडपर्व मनाउन अनुरोध गर्दछु ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *