तिहार पर्वले सत्कर्ममा लाग्न प्रेरणा मिलोस्ः मुख्यमन्त्री पौडेल
फाइल
वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले तिहार पर्वले सत्कर्ममा लाग्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन । मुख्यमन्त्री पौडेलले नेपालीको महान् चाड तिहारका अन्तिम दिन आज भाइटीकाको अवसरमा जारी गरेको शुभकामना सन्देशमा दाजुभाइ र दिदीबहिनीबीच आपसी प्रेम, सद्भाव तथा सुमधुर सम्बन्ध स्थापना गर्न भाइटिकाले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरेका छन ।
उनले सन्देशमा भनेका छन, “यतिबेला सम्पूर्ण मानव समुदाय कोरोनाविरुद्ध सङ्घर्षरत छ । कोरोनाको महामारीबाट स्वास्थ्य चुनौतीसँगै जनजीवनका विविध पाटाहरु नराम्ररी प्रभावित भएका छन् । महामारीका कारण चाडपर्वहरु विगतको जस्तो खुलेर मनाउने अवस्था छैन । त्यसैले विश्व स्वास्थ्य सङ्गठन तथा नेपाल सरकारले तोकेका मापदण्डलाई पालना गरी आफ्नो परिवारमा मात्र सिमित भएर चाडपर्व मनाउन अनुरोध गर्दछु ।”
No ads found for this position


डिसी नेपाल
Facebook Comment