८ महिनापछि विद्यालय खुल्दै, सिकाइ सहजीकरणका माध्यमबाट नियमित पठनपाठन गर्ने

डिसी नेपाल
३ मंसिर २०७७ १९:५८

नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले विद्यार्थी सिकाइ सहजीकरणका माध्यमबाट पठनपाठनलाई नियमित गर्ने भएको छ।

कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दी र निषेधाज्ञाका कारण लामो समयदेखी अवरुद्ध पठनपाठन गाउँपालिकाको शिक्षा समितीको बैठकले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका बमोजिम शुरु गर्ने निर्णय गरेको हो।

गाउँपालिकाभित्रका ५२ वटै सामुदायिक विद्यालयमा सामाजिक दूरी कायम गर्दै स्वास्थ्य, सुरक्षा तथा सतर्कता अपनाएर आगामी आईतवारदेखि सिकाइ सहजीकरण शुरु गर्ने निर्णय भएको गाउँपालिकाकी उपाध्यक्ष अन्जु कुईँकेल आचार्यले बताइन् ।

कक्षा १ देखी ५ सम्म पठनपाठन हुने विद्यालयले साबिक बमोजिम नै आवश्यक स्वास्थ्य सुरक्षा र सामाजिक दुरी कायम गरेर गर्नुपर्ने तथा ६ देखी १२ सम्मका कक्षा सिकाई सहजिकरण खण्डित समुह शिक्षण मार्फत आवश्यक स्वास्थ्य सुरक्षा र सामाजिक दुरी कायम गरेर सञ्चालन गर्नुपर्ने निर्णय गरिएको उपाध्यक्ष कुईँकेलले बताइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *