कतार पुलिसमा पठाउने भन्दै अवैध अन्तर्वार्ता लिने अर्को म्यानपावरमा विभागको छापा
काठमाडौं। वैदेशिक रोजगार विभागले मंगलबार अर्काे एक म्यानपावरमा छापा मारेको छ। पूर्व श्रमस्वीकृति नलिई युवाहरुलाई कतार पठाउने भन्दै अन्तर्वार्ता लिइरहेका बेला लाजिम्पाटस्थित होप इन्टरनेसनलमा छापा मारेको हो।
पूर्व श्रम स्वीकृति नलिएर युवाहरुको अन्तर्वार्ता लिइरहेको भन्ने सूचनाका आधारमा छापा मारिएको विभागका महानिर्देशक कुमार दाहालले डिसी नेपाललाई जानकारी दिए। विभागको अनुमन टोली त्यहाँ पुग्दा नेपालस्थित कतारी दूतावासको गाडी पनि म्यानपावर परिसरमै भेटिएको उनले बताए। ‘अनुमगन टोली त्यहाँ पुग्दा गाडी पनि भेटिएको भन्ने जानकारी आएको छ। अहिले टोली अनुसन्धानमै छ,’ दाहालले भने।
अहिले काठमाडौंमा रहेका केही म्यानपावार कम्पनीले मिनिस्टरी अफ इन्टिरियर ह्युमन रिसोर्स डिर्पाटमेण्ट कतारमा सुरक्षा गार्डको रुपमा पठाउने भन्दै युवाहको धमाधम अन्तरवार्ता लिइरहेका छन्।
सोमबार मात्रै विभागले दुई ठूला म्यानपावर कम्पनीमा छापा मारेकाे थियाे । डीडी ह्युमन रिसोर्स र एसओएस म्यानपावर सर्भिसले कतार पठाउने भन्दै अवैध अन्तरर्वार्ता लिइरहेका बेला विभागले छापा मारेको थियो धापासीस्थित एसओएसले करिब ४ सय जना जना युवाहरुलाई अन्तर्वार्ताका लागि तयारी अवस्थामा राखेको बेला विभागको टोली त्यहाँ पुगेको थियो। यस्तै गुह्यश्वरीस्थित डीडी ह्युमन रिसोर्सले करिब ४ सय युवाहरुको अन्तरवार्ता लिइरहेको बेला विभागले छापा मारेको थियो।
आकर्षक तलबको लोभ देखाएर म्यानपावर कम्पनीहरुले युवाहरुलाई फसाउने तयारी गरेको विभागको दावी छ। विभागका अनुसार यी कम्पनीहरुले सुरुमा मासिक ३ हजार कतारी रियल (करिब एकलाख) र ३ महिनापछि ६ हजार कतारी रियल (करिब २ लाख) तलब हुने प्रलोभन देखाएका छन्।
अहिले प्रि-अन्तर्वार्ता लिइने र फाइनल अन्तरवार्तामा छनोट भएमा ८ लाखदेखि १५ लाखसम्म लागत लाग्ने म्यानपावरहरुले बताएकाे अन्तर्वार्तामा सहभागीहरूले बताएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment