सुदूरपश्चिममा स्वास्थ्य बिमा गर्नेको संख्या बढ्दो

डिसी नेपाल
१० मंसिर २०७७ ७:४६

धनगढी। सुदूरपश्चिममा स्वास्थ्य बिमा गर्नको संख्यामा वृद्धि भएको छ। कैलालीबाट २०७२ मा लागू भएको स्वास्थ्य बिमा कार्यक्रममा हाल सम्म लाखौँको संख्यामा स्वास्थ्य बिमित रहेको स्वास्थ्य बिमा बोर्ड प्रदेश कार्यालयले जनाएको छ ।

प्रदेशमा ३ लाख ९ हजार ९ सय ३१ जनाले स्वास्थ्य बिमा गरेका छन्। प्रदेशका ९ वटा जिल्ला मध्य पहिलो पटक स्वास्थ्य बिमा कार्यक्रम सुरु भएकाले सबै भन्दा बढी बिमित रहेको स्वास्थ्य बिमा बोर्ड सुदूरपश्चिम प्रदेशका प्रदेश संयोजक जनक बहादुर साउदले बताए।

कैलालीमा १ लाख ५९ हजार ५ सय ४६ जना, अछाममा ३६ हजार ८ सय ८८ जना, बझाङमा ३४ हजार ३ सय ६७ जना, बाजुरामा २९ हजार २ सय १५ जना,बैतडीमा १६ हजार ५ सय ५३ जना, कञ्चनपुरमा २१ हजार जना, दार्चुलामा ७ हजार ८ सय ६० जना, डडेल्धुरा २९ सय ३२ जना र डोटीमा १४ सय ७६ जना रहेको स्वास्थ्य बिमा बोर्ड प्रदेश कार्यालयले जनाएको छ। कैलाली जिल्लामा ६८ प्रतिशतले नवीकरण गरेका छन्।

नवीकरण बिमित सबैले गर्नुपर्ने भए पनि कतिपयले ठाँउसारी बसाइसराइ गरे सँगै सम्बन्धित जिल्लामा नै नवीकरण गर्ने गरेकाले पनि कम मात्रा नवीकरण भएको देखिएको उनले बताए। बिमा गरेका बिमितहरुले अपेक्षा अनुसार सेवा नपाउनेसँगै जनचेतनाको कमीले गर्दा पनि कम भएको उनले बताए। जनचेतनाकै कमीले गर्दा बिमितहरुले नवीकरण नगर्न हुँदा कैलाली जिल्लाका १२ सय ५७ जना स्वास्थ्य स्वयमसेवीकालाई अभिमुखीकरण कार्यक्रमहरू गर्दै आएको साउदले बताए।

पहिला स्वास्थ्य बिमा सम्बन्धी जनचेतना नभए सँगै अहिले प्रदेश सरकारले पनि प्रदेशमा भएका ६ हजार ३२ महिला स्वास्थ्यकर्मीलाई निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम ल्याएकाले पनि स्वास्थ्य बिमा गर्नको संङख्या बढेको उनले बताए। ५४ जिल्लाको रूपमा डोटी र ५५ औं जिल्लाको रूपमा डडेल्धुरामा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन भएकाले पनि कम बिमित भएको उनले बताए। कोरोना कहरका कारण पनि कम बिमित भएको उनले जानकारी दिए।

२०७२ चैत्रमा कैलाली जिल्लाबाट सुरु भएको स्वास्थ्य बिमा कार्यक्रम सुरु भए सँगै २०७३ सालमा अछाम र बैतडी, २०७४ मा बझाङ र बाजुरा ,२०७५मा दार्चुला र कञ्चनपुर र २०७६ मा डोटी र डडेल्धुरामा स्वास्थ्य बिमा कार्यत्रलम सुरु भएको स्वास्थ्य बिमा बोर्ड प्रदेश कार्यालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *