ट्रम्पद्वारा आफ्ना पूर्व सुरक्षा सल्लाहकारलाई माफी दिने घोषणा

डिसी नेपाल
११ मंसिर २०७७ ३:५५

वासिंगटन डिसी । दोस्रो कार्यकालका लागि भएको निर्वाचनमा हार व्यहोरेका अमेरिकी राष्ट्रपति डोनल्ड जे ट्रम्पले आफ्ना सहयोगी पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लेनलाई विगतका उनका देशविरोधी अपराधहरुमा माफी दिने घोषणा गरेका छन्।

उनले राष्ट्रपतिसँग रहेको विशेष अधिकार प्रयोग गर्दै माफी दिने घोषणा गरेका हुन्। अमेरिकी कानुनमा जुनसुकै अपराधमा साजय पाएको वा मुद्धा चलिरहेको व्यक्ति भए पनि यदि राष्ट्रपतिले चाहान्छन् भने माफी दिन सक्छन्।

अमेरिकी सेनाका पूर्व जर्नेलसमेत रहेका फ्लेनले सन् २०१६ को राष्ट्रपति निर्वाचनका सन्दर्भ रसियाको हस्तक्षेपका बारेमा छानविनका क्रममा फेडेरल व्युरो अफ इन्भेष्टिगेशन(एफबीआई) लाई ढांटेको प्रमाणित भएको थियो। जर्नेल फ्लेन ट्रम्पकै कार्यकालमा पक्राउ पनि परेका थिए।

र, ट्रम्पको रसिया कनेक्सन र सो कार्यमा आफ्नो संलग्नताबारे एफबीआईलाई पूरा कुरा नबताएको आरोपमा मुद्धा खेपिरहेको थिए। जर्नेल फ्लेनले थुनाबाट बच्न एबीआईलाई सबै कुरा बताउछु भनेर सरकारी गवाह बन्न मन्जुर गरे पनि उनले बयानका क्रममा एफबीआईलाई सत्य कुरा भनेका थिएनन् र अनुसन्धानका क्रममा सरकारी गवाह हुन मन्जुर गरेर पनि ढांटेको आरोप प्रमाणित भएपछि एफबीआईले अमेरिकी अदालतमा मुद्धा दायर गरेको थियो।

जर्नेल फ्लेनले राष्ट्रपति ट्रम्पको सन् २०१६ को ट्रान्जिसनका समयमा तत्कालीन रुसी राजदूतसँग गोप्य कुराकानी गरेको विवरणबारे पनि एफबीआईलाई ढांटेका थिए ।
जर्नेल फ्लेनलाई माफीको घोषणा गर्दै बुधबार ट्रम्पले ट्वीट गर्दै भनेका छन्,‘ जर्नेल फ्लेनलाई पूर्णमाफीको घोषणा गर्न पाउनु मेरो अहोभाग्य हो । उनी र उनको सुन्दर परिवारलाई बधाइ दिंदै थ्यांक्सगिभिङ्ग चाडको शुभकामना दिन चाहन्छु ।’

जर्नेल फ्लेन जम्मा २० दिनका लागि मात्र राष्ट्रपति ट्रम्पको राष्ट्रिय सुरक्षा सल्लाहकार हुन पाएका थिए । रिसियन हस्तक्षेपसम्बन्धी छानविनको विवादका क्रममा उनको संलग्नताबारेका समाचारहरु सार्वजानिक भएपछि उनले पदबाट राजीनामा दिएका थिए।

जर्नेल फ्लेनलाई कुनै अप्ठेरोमा नपार्न र छानविनसमेत नगर्न राष्ट्रपति ट्रम्पले तत्कालीन एफबीआईका निर्देशक जेम्स अफ कोमीलाई दवाव दिएको कुरा सार्वजानिक भएको थियो । ट्रम्पको यही आदेश नमानेका कारण कोमी बर्खास्तगीमा परेका थिए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *