ओलीको जवाफी प्रतिवेदन : प्रचण्डले पार्टी विभाजनको अनौपचारिक घोषणा गर्नु भयो (पूर्णपाठ)

डिसी नेपाल
१३ मंसिर २०७७ १७:०४

काठमाडौं। नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी विभाजनको अनौपचारिक घोषणा गरेको टिप्पणी गरेका छन्। नेकपाको शनिबार बसेको सचिवालय बैठकमा यसअघि प्रचण्डले एकल रुपमा पेश गरेको राजनीतिक प्रतिवेदनको जवाफमा लिखित दिँदै प्रचण्डको प्रतिवेदनले पार्टी विभाजनको अनौपचारिक घोषणा भएको बताएका हुन्।

प्रचण्डले पेश गरेको १९ पृष्ठको प्रतिवेदनको जवाफमा ओलीले ३८ पृष्ठ लामो प्रतिवेदन पेश गरेका छन्। प्रतिवेदनमा ओलीले प्रचण्डको प्रस्तावलाई अवैधानिक भन्दै पार्टी कमिटीमा छलफल नै गर्न नमिल्ने बताएका छन्। तर, आफूमाथि आरोप लगाइएकाले त्यसको जवाफमात्र दिएको उनको भनाइ छ।

प्रतिवेदनमा ओलीले माओवादी शान्ति प्रक्रियामा आएर संविधानसभा निर्वाचन, चुनावी परिणाम, प्रचण्ड नेतृत्वको सरकारले सेनापतिमाथि गरेको हस्तक्षेप, पहिलो संविधानसभा असफलतामा प्रचण्डलाई दोषारोपण गरेका छन्।

प्रतिवेदनको शुरुमै ओलीले आफूले सरकारको नेतृत्व गरेको दिनदेखि नै अर्का अध्यक्ष प्रचण्डबाट सहयोग नपाएकोसमेत गुनासो गरेका छन्।
पूर्णपाठ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *