चिनियाँ रक्षामन्त्रीद्वारा प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट

डिसी नेपाल
१४ मंसिर २०७७ १७:१९
100
Shares

काठमाडौं। एक दिने भ्रमणका लागि आइतबार काठमाडौ. आएका उत्तरी छिमेकी मुलुक चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्हेले बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले प्रधानमन्त्री निवास बालुवाटारमा सो भेट भएको जानकारी दिए। सो भेटका अवसरमा नेपाल र चीनबीचको आपसी सम्बन्धलाई थप बलियो बनाउने विषयमा कुराकानी भएको बताइएको छ।

यसअघि चिनियाँ रक्षामन्त्रीले जंगी अड्डाको भ्रमण गरेका थिए। जंगी अड्डामा नेपाली सेनाको एक टुकुडीले चिनियाँ रक्षामन्त्रीको सम्मानमा सम्मान गारद अर्पण गरेको थियो। आइतबार नै चिनियाँ रक्षामन्त्री फर्किँएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *