नेकपा सचिवालय बैठकमा केक काटेर खुशीयाली

डिसी नेपाल
१६ मंसिर २०७७ १४:५५

काठमाडौं। यतिबेला सत्तारुढ दल नेकपाको विवाद उत्कर्षमा पुगेको छ। दुई अध्यक्ष भएको नेकपामा पछिल्लो समय प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच औपचारिक बैठक बाहेक संवाद नभएको दुई हप्ता बढी भइसकेके छ। दुवै अध्यक्ष आफ्नो नजिकका नेतामार्फत सन्देश आदानप्रदान गर्छन्।

कात्तिक २८ गते बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीलाई लक्षित गर्दै विभिन्न आरोपसहितको प्रतिवेदन प्रस्तुत गरेपछि प्रचण्डप्रति ओली क्रुद्ध छन्। प्रचण्डको प्रतिवेदनको जवाफ ओलीले मंसिर १३ गते बसेको सचिवलाय बैठकमा दिएका छन्। ओली र प्रचण्डले पेश गरेको प्रतिवेदनउपर अहिले जारी सचिवालय बैठकमा छलफल भइरहेको छ।

मंगलबार १ बजे बैठकका लागि सचिवालयका सबै सदस्य प्रधानमन्त्री निवास बालुवाटारमा भेला भएका थिए। बैठक यसअघिको जस्तो सौहार्दपूर्ण हुने अपेक्षा छैन।

तर संयोग कस्तो परेछ भने आज महासचिव विष्णु पौडेलको जन्म दिन। पौडेल आजैबाट ६२ वर्षमा प्रवेश गरेका हुन्। पौडेलको जन्म दिनको अवसरमा बालुवाटारमा केक काटेर जन्म दिन मनाइएको छ।

पौडेललाई प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल,उपाध्यक्ष बामदेव गौतम, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादलले केक खुवाउँदै जन्म दिनको शुभकामना दिएका थिए।

उक्त अवसरमा उपाध्यक्ष गौतमले महासचिव पौडेललाई सय वर्षसम्म बाँच्नुहोस र राम्रो काम गर्दै जानुहोस भन्दै शुभकामना दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहका सूर्य थापाले जानकारी दिए।

तस्वीर : प्रधानमन्त्रीकाे सचिवालय




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *