सेयरमा हरियाली कायमै, ७० अकंले बढ्यो बजार

डिसी नेपाल
१७ मंसिर २०७७ १५:४२
48
Shares

काठमाडौं। सेयर कारोबार मापक नेप्से परिसूचकको वृद्धि कायमै रहेको छ। साताको चोथो दिन बुधवार नेप्से ७० दशमलव ६४ अंकले बढेर २ हजार ७१ दशमलव ०२ अंकमा पुगेको छ।

नेप्सेमा कारोबार हुने व्यापार बाहेक अन्य सबै समूहहरु बढेर हरियाली देखिदा कारोवार मापक परिसूचक ७० दशमलव ६४ अंकले बढेर २ हजार ७१ दशमलव ०२ अंकमा पुगेको हो। ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.१९ प्रतिशत अर्थात १२.२५ अंकले बढेर ३९६ दशमलव ०४ अंकमा पुगेको छ।

दिनभर भएका ६० हजार ८ सय ४६ कारोबारबाट २०१ कम्पनीका १ करोड ५४ लाख १६ हजार ३ सय ८३ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ३७ करोड ४० लाख १७ हजार ९ सय रुपैयाँको कारोवार भएको छ। बुधबार व्यापार समूह बाहेके अन्य सबै समूह बढेका छन्।

बैंकिङ समूह ६.३८, होटल ५१.१६, विकास बैंक २२.५९, हाइड्रोपावर ८८.९९, फाइनान्स ३.७६, निर्जिवन बिमा २४४.८२, उत्पादमूलक ३०३.१२, लघुवित्त २३२.५६, जीवन बिमा ६०८.७३ र म्युचुअल फण्ड ०.०४ अंकले बढेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *