पुलिसको डण्डाबाट पेलिएका करङ दुखिरहेका छन् : पौडेल

डिसी नेपाल
१८ मंसिर २०७७ १०:२२
1.1k
Shares

काठमाडौं। तनहुँमा बुधबार पुल उद्घाटनका क्रममा प्रहरीले जबरजस्ती नियन्त्रणमा लिँदा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्ना करङ पेलिएको बताएका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘पुलिसको डण्डाबाट पेलिएका मेरा करङ दिउसो भन्दा साझ दुखेर आयो, हिजो भन्दा आज दुखाइ बढी छ। सात दशकको अथक प्रयासबाट प्राप्त गणतन्त्रमा पनि पुलिस पेलानबाट छुटकारा मिल्न सकेको छैन। असली लोकतन्त्र कहिले साकार हुने हो ? मेरो चिन्ता यसैमा छ।’

तनहुँको ब्यास नगरपालिकामा निमिर्त पक्की पुल उद्घाटन गर्न वरिष्ठ नेता पौडेल त्यहाँ पुगेका बेला प्रहरीले उनलाई जबरजस्ती नियन्त्रणमा लिएको थियो। नेता पौडेललाई नियन्त्रणमा लिनेक्रममा प्रहरीले लाठीचार्जसमेत गरेको थियो। घटनामा काँग्रेसका केही नेताहरु घाइते भएकोसमेत कााग्रेसले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *