प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शितल निवास पुगे

डिसी नेपाल
१८ मंसिर २०७७ १३:४३
196
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच शितल निवासमा भेटवार्ता भएको छ। पार्टीको आन्तरिक विवाद गम्भिर मोडमा पुगेकाबेला भएको राष्ट्रपति र प्रधानमन्त्रीको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

बुधबार भएको पार्टीको सचिवालय बैठकमा ओली अनुपस्थित भएपछि २० गते बस्ते गरी स्थिगित भएको थियो। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहेका ओलीलाई २० गतेको बैठकमा अनिवार्य उपस्थितिका लागि पार्टी पंतिबाट दवाव आएको छ। यद्यपी ओलीले अहिलेसम्म जवाफ दिएका छैनन्।

पार्टी भित्रको आन्तरिक द्वन्द गम्भिर मोडमा पुगेका बेला राष्ट्रपतिसँग प्रधानमन्त्रीको नियमित संवाद भइरहेको स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार आजै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदको बैठक पनि बोलाएका छन्। यद्यपी, सामान्यतः सोमबार र बिहीबार मन्त्रिपरिषद्को बैठक बस्ने गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *