परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमणको गृहकार्य शुरु

डिसी नेपाल
१८ मंसिर २०७७ १८:४१

काठमाडौं। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलेको भारत भ्रमणको तयारी शुरु भएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रवास्तवले नेपाली परराष्ट्रमन्त्रीलाई भारतमा स्वागत गर्ने तयारी भइरहेको बताएका छन्।

बिहीबार भारतीय विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै नेपालका परराष्ट्रमन्त्रीको भारत भ्रमणको मिति तयका लागि गृहकार्य भइरहेको जानकारी दिएका छन्। उनले भनेका छन्, ‘हाम्रा विदेश सचिवले नेपाल भ्रमणका क्रममा सँयुक्त आयोगको बैठकका लागि नेपालका परराष्ट्रमन्त्रीलाई भारत म्रमणको निमन्त्रण गर्नु भएको छ। मिति तयका लागि गृहकार्य भइरहेको छ।’

हालै भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगलाले नेपालको दुईदिने भ्रमण गरेका थिए। उनले भ्रमणका क्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग शिष्टाचार भेट गरी भारतीय विदेशमन्त्री एस जयशंकरले पठाएको भारत भ्रमणको निम्तो दिएका थिए।

नेपाल र भारतबीच नक्सा विवाद चर्केपछि राजनीतिक तहमा भ्रमण आदानप्रदान हुन सकेको छैन। लामो समय भारत वार्ताका लागिसमेत अन्इच्छुक रहेको थियो। तर, गत नोभेम्बर २६ मा भारतीय विदेश सचिव श्रृंगलाले नेपाल भ्रमण गरेपछि कूटनीति मौनता तोडिएको थियो।

श्रृंगलाले नेपाल भ्रमण गर्नुअघि भारतीय थल सेना प्रमुख जनरल मनोजमुकुन्द नरवणेले औपचारिक भ्रमण गरेका थिए भने भारतीय गुप्तचर एजेन्सी रअका प्रमुख सामन्तकुमार गोयलले पनि भ्रमण गरेका थिए।

पछिल्लो दिनहरुमा भारतबाट भएका उच्चस्तरीय भ्रमणले दुईदेशबीचको चिसो बन्दै गएको सम्बन्धमा न्यानोपना ल्याएको विश्लेषण हुन थालेको छ। परराष्ट्रमन्त्री ज्ञवालीले भारत भ्रंमण गरे दुईदेशबीचको सम्बन्ध सुदृढ हुने विश्वास गरिएको छ। मन्त्री ज्ञवालीले डिसेम्बरको दोस्रो हप्ता भारत भ्रमण गर्न सक्ने सम्भावना छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *