काँग्रेसले २९ गते देशभर प्रदर्शन गर्ने, संसद अधिवेशन पनि बोलाउन माग

डिसी नेपाल
१९ मंसिर २०७७ १८:३६
68
Shares

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले तनहुँ घटनालाई लिएर देशभर प्रदर्शन गर्ने निर्णय गरेको छ। बुधबार तनहुँमा पुल उद्घाटन गर्न पुगेका काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले नियन्त्रणमा लिएको थियो।

त्यसको विरोधमा काँग्रेसले ७७ वटै जिल्लामा यही मंसिर २९ गते विरोध प्रदर्शन गर्ने निर्णय गरेको पार्टी सहमहामन्त्री डा. प्रकाशसरण महतले जानकारी दिए। शुक्रबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक बसेको थियो।

बैठकले संसदको अधिवेशन तत्कालन बोलाउन माग गर्नेसमेतको निर्णय गरेको छ। डा. महतले भने, ‘सरकारको गलत क्रियाकलापविरुछ देशभर प्रदर्शन गर्छौ। र संसदमा पनि यो विषयमा कुरा उठाउनुपर्ने अवस्था आएको छ। त्यसैले संसद अधिवेशन बोलाउन माग गर्नेसमेत निर्णय भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *